
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने बताए।कार्यकर्तालाई सम्बोधन अध्यक्ष प्रचण्डले अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।”
सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा जोड दिए। आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको तथा हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको पनि उनले बताए । उनले भने ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताले मान्नैपर्छ ।”
उहाँले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताउनुभयो । पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न कर्ताकर्तालाई आग्रह गरेका छन् ।संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्शा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरिएको बताउँदै उनले सबै मिलेर गरेका छौँ काम गरेका छाै त्यसैले अन्यथा नलिन भनेका छन् ।





