March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आजको मौसम पूर्वानुमान: चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ । 

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा  दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै, आज राति प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

शीर्ष समाचार

धेरै पढिएको