May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

श्रमिक क्षेत्रको कानुनी विभेद अन्त्य गरेका छौँ: प्रधानमन्त्री ओली

  • 26
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन । आज अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन ।

ओलीद्वारा जारी संदेशमा भनिएको छ,“औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ । यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ ।”

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको उनले बताएका छन् । श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको ओलीको भनाई छ । एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको बताउदै उनले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताएका छन् ।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको