May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

ओली सरकारले ठोस कदम नचालेका कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो: देउवा

  • 5
    Shares
file photo

काठमाडौं, प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमण रोक्न कुनै ठोस कदम नचालेका कारण दोस्रोपटक लकडाउन गर्ने स्थिति आइपुगेको बताएका छन् ।

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दौ तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा विगतका गल्तीबाट पाठ नसिकेको पनि गुनासो गरेका छन् ।


उनले भने, ‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।’

कोरोनाका कारण मुलुकमा वर्तमान विषम परिस्थिति आउनुमा सरकार जिम्मेवार रहेको बताएका छन् । ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमण्यता जिम्मेवार छ । यो सरकार न विगतका गल्तीहरूबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ,’ उनले भने ।


कोरोनाको दोस्रो चरणले मुलुकमा महामारी ल्याएको देउवाको भनाइ छ । उनले पीसीआर परीक्षण न्यून हुँदा पनि उच्च संख्यामा कोरोना संक्रमित भेटिइरहेको भन्दै सरकारलाई सचेत गराएका छन् ।

उनले भने, ‘अत्यन्त कम संख्यामा पीसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने भएको छ ।’


शीर्ष समाचार

धेरै पढिएको