May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो

  • 7
    Shares

मकवानपुर, वाग्मती प्रदेशको खाली राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आज आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मकवानपुर, हेटौंडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको हो । मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकिएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको