
काठमाडौं , बैशाख १७ गते- नेपालमा पछिल्लो समय काेराेना संक्रमितको संख्या ह्वात्तै बढे सँगै मृत्यु हुनेहरुकाे संख्या पनि बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३ जना काेराेना संक्रमितको ज्यान गएकाे छ ।
याे सँगै हालसम्म नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ३ हजार २७९ जना पुगेकाे छ । गएकाे २४ घण्टामा ५ हजार ७२७ जना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कुल संक्रमित ३ लाख २३ हजार १८७ जना पुगेका छन् ।
यसैगरी ९२८ जना डिस्चार्ज भएका छन् याे सँगै नेपालमा कुल डिस्चार्ज हुनेकाे संख्या २ लाख८१ हजार ९५ जना रहेका छन्







