May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

एकैदिन ५ हजार ६५७ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  • 8
    Shares

काठमाडौं, शुक्रबार थप ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमध्ये आज ५ हजार ६ सय ५७ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । गत २४ घण्टामा ९ सय २८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ७३ हजार ९ सय ५६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको