May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

शिक्षाले समाज र राष्ट्रलाई उपयोगी ढंगले योगदान गर्न सक्नुपर्छ: प्रधानमन्त्री ओली

  • 7
    Shares
file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाले समाज र राष्ट्रलाई उपयोगी ढंगले योगदान गर्नसक्नुपर्ने बताएका छन् ।

शुक्रबार प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २९ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले देश विकासका प्राविधिक एवम् जीवनउपयोगी शिक्षा आवश्यक रहेको बताएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन २०४५ अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक निकायहरुसँग समन्वय गर्ने उदेश्यकासाथ सन् १९९१ मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को स्थापना गरिएकोमा यसले प्राविधिक क्षेत्रमा जनशक्तिहरु उत्पादन गरेको प्रधानमन्त्री ओलीले बताए ।

हाल परिषद्ले देशैभरका ३ सय ८३ पालिकाहरुका आधारभूत र माध्यामिक तहका युवाहरुमा शिक्षा र प्रविधिको पहुँच विस्तार गरेको उनले बताए ।

प्राविधिक प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको यस परिषद्ले विशेषगरी कृषि, वन, ईन्जिनियरिङ र स्वास्थ्य क्षेत्रमा जनशक्तिहरु उत्पादन गर्दै आएकोमा जनशक्तिको सीप विकास र कार्यररत प्रशिक्षकहरुको क्षमता अधिवृद्धिमा पनि प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको