May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कांग्रेस सभापति देउवाले आज ३ बजे पत्रकार सम्मेलन गर्दै

  • 1
    Share

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडलका अनुसार कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका हुन् ।

यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यसमिति सदस्य र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि स्थगित भएको थियो । कांग्रेसले यसअघि नै प्रकाशशरण महतको नेतृत्वमा कोरोना अनुगमन समिति पनि गठन गरेको छ ।

सभापति देउवाले कोभिड-१९ विरुद्धको खोपको परिपूर्तिका लागि कूटनीतिक सक्रियता बढाउन सरकारसँग आग्रह गर्दै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको