May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

आजको मौसम पूर्वानुमान: अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र बर्षाको सम्भावना

  • 3
    Shares

काठमाडौं, आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । 

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा  र तराईका एक, दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ । यता, देशका पहाडी भूभागका  एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको