May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

आजबाट निषेधाज्ञामा थप कडाइ हुने

  • 4
    Shares

काठमाडौं, उपत्यकामा जारी निषेधाज्ञामा शुक्रबारदेखि थप कडाइ हुने भएको छ । नेपालमा कोरोना संक्रमित दिनहुँ बढ्दै जाँदा पनि अनावश्यक रुपमा सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्ने प्रहरीले जनाएको छ ।

सरकारले बिहीबारबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ । पहिलो दिन नै उल्लंघन गर्ने धेरै देखिएका छन् । विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ ।

नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो । शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

‘पहिलो दिन भएर सवारीसाधनलाई केही लुज गरिएकै हो । तर, शुक्रबारबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ । सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने ।

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने एसएसपी सिंहले बताए ।

शीर्ष समाचार

धेरै पढिएको