April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

थप ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं, बिहिवार थप ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरीएको पीसीआर परीक्षणबाट ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । गत २४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।

२४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको