May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

निषेधाज्ञामा प्रहरीको कडा चेकिङ: बिनाकाम बाहिर निस्किएका १५ सय होल्डिङ जोनमा

  • 37
    Shares
file photo

काठमाडौं, काठमाडौं उपत्यकामा आजबाट लागू भएको निषेधाज्ञामा प्रहरीले कडा चेकिङ गरेको छ । बिहिवार बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको हो । 

काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 


महानगरीय प्रहरी कार्यालयका प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरका अनुसार निषेधाज्ञाको बेवास्ता गरेर सडकमा निस्केकालाई होल्डिङ जोनमा राखेर सम्झाई बुझाई गरिएको छ । प्रहरीले उपत्यकाका प्रत्येक चोकमा होल्डिङ जोन बनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको