May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सरकारले अक्सिजन सिलिन्डरमा कर छुट गर्ने

  • 1
    Share

काठमाडौं, सरकारले कोभिड-१९  उपचारमा प्रयोग हुने अक्सिजन सिलिन्डर लगायतलाई कर छुट गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

सरकारले बद्नियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा अनुसन्धान गर्न अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा हेर्ने सहसचिव र प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयको प्रहरी नायब महानिरीक्षकलाई तोक्ने निर्णय गरेको पनि जानकारी दिए ।

यस्तै मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा उपयोग गर्न जर्मन सरकारबाट प्राप्त सहयोग स्वीकार गर्ने वित्तिय सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव र सहसचिवलाई अख्तियारी प्रधान गरिएको छ । नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरि ३ अरब २७ करोड कायम गर्ने निर्णय पनि सरकारले गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको