May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

थप ४ हजार ७७४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै थपिए २ हजार बढी संक्रमित

  • 19
    Shares

काठमाडौं, बुधबार थप चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा १३ हजार ८७९ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख १२ हजार ६९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । जसमध्ये भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा एक हजार ४६४ जना सङ्क्रमित पहिचान गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको