March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

एकै दिन ४ हजार ५२४ काेराेना संक्रमित थपिए,१३ जनाकाे मृत्यु

काठमाडौं, बैशाख १२ गते- नेपालमा काेराेना संक्रमितको संख्या तिव्र रुपले बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ५२४ जना संक्रमित थपिएको छ । मंगलबार सार्वजनिक गरिएको रिपोर्ट अनुसारआर परिक्षणबाट ४ हजार ३६४ र एन्टिजेन बाट १६० जना गरि ४ हजार ५२४ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी गत २४ घण्टामा १२ जनाकाे मृत्यु भएको छ याे सँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या ३ हजार १९४ जना पुगेका छन् ।त्यस्तै नेपालमा काेराेना संक्रमित हुनेकाे कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेका छन् । त्यसैगरी हालसम्म २ लाख ७८ हजार ५०६ जना डिस्चार्ज भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको