May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

आन्तरिक उडान तत्काल नरोक्ने सरकारको निर्णय

  • 14
    Shares

काठमाडौं, सरकारले आन्तरिक उडान तत्काल नरोक्ने भएको छ । सोमबार बसको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको हो ।

विदेशबाट आउने यात्रुले भने अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको छ । हवाई यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइपूर्वक पालना गरे/नगरेको निगरानी सम्बन्धित निकायले गर्ने बताइएको छ ।

यसअघि सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरेको थियो । सीसीएमसीले गरेको सिफारिस अनुसार भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको