May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

देशका सबै विद्यालय बन्द गर्ने निर्णय, परीक्षा स्थगित गर्ने सीसीएमसीको सिफारिस पारित

  • 6
    Shares

काठमाडौं, मुलुकम कोरोना संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिएका छन् । एक मन्त्रीले भने, ‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा आजको बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो ।’

यसैगरी सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको