May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

काठमाडौं उपत्यकामा यातायात बन्द गर्ने निर्णय, के के खुल्छन त निषेधाज्ञामा?

  • 60
    Shares

काठमाडौं, काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । आज बसेको उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण तिव्र गतिले बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख १६ गते मध्यरातदेखि लागू हुने गरि उक्त निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाका अनुसार वैशाख १६ बाट लागु हुने निषेधाज्ञामा सार्वजनिक, निजी सवारीसाधन पूर्णरुपमा बन्द हुने छ भने एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी भने चल्नेछन् ।

अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइने छ । यस्तै, खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ ।

होटल र रेष्टुरेन्ट खोल्न पाइने छैन । तर, होम डेलिभरी भने गर्न सकिने छ । यस्तै, सरकारी कार्यालय खुल्नेछन् । बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ ।

शीर्ष समाचार

धेरै पढिएको