December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

एमाले बैठकको निष्कर्ष: सांसदहरुको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’

file photo

काठमाडौं, नेकपा एमाललेका वरिष्ठ नेता झलनाथ खनालर माधवकुमार नेपाल पक्षका सांसदहरुले बुझाएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ रहेको निष्कर्ष एमाले बैठकले निष्कर्ष निकालेको छ ।

आज बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण ‘सफ्ट कर्नर’बाट आएको निष्कर्ष निकालेको हो । स्पष्टीकरण सोधिएका २७ संघीय सांसदमध्ये पाँच सांसदले भने अझै जवाफ बुझाएका छैनन् ।

स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु, दीपक भट्ट छन् । एक केन्द्रीय सदस्यका अनुसार सबैको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट ’ र अधिकाशंको एउटै प्रकृतिको आएको निष्कर्ष बैठकको छ ।

शीर्ष समाचार

धेरै पढिएको