March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अहिले ओलीको दम्भ धरहरा भन्दामाथि पुग्यो: नेता नेपाल

file photo

जनकपुर, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको बताएका छन् । आज जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराको भन्दामाथि भर्‍याङ उक्लेर चढेको बताए । ओलीको विचार गलत रहेको बताउदै उनले भने, ‘केपी ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो त्यो मुख्य कुरा होइन, विचार मख्य कुरा हो’, उनले अगाडि भने, ‘विचारले नै सहि बाटो देखाउँछ । हामी सही विचारको पक्षमा उभिएका छौँ।’

शीर्ष समाचार

धेरै पढिएको