December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु

काठमाडौं, नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । एमाले नेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताइएको छ । यसअघि गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी निर्णयविपरीत काम गरेको भन्दै २७ जना संघ र प्रदेशका ५ गरेर ३२ सांसदसँग स्पष्टीकरण मागिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको