March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

काभ्रेमा टिपर आपसमा ठोक्किदा दुई जना घाइते, सडक अवरुद्ध

काभ्रे, काभ्रेको बाउन्न किलोमा दुई वटा टिपर आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । शुक्रबार दोलालघाटबाट धुलिखेल जाँदै गरेको ग ३ ख ४३३६ नंको टिपर र काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा ५ ख ४२२१ नंको टिपर आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् ।

घटनास्थलमा उपस्थित संवददाता उमेश जंक कार्कीका अनुसार दुर्घटनापछि हाल सडक अवरुद्ध भएको छ । यस्तै घाइतेहरूलाई उपचारका लागि अस्पताल लाने कार्य भैरहेको छ भने अन्य विवरण आउन बाँकी छ ।