April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

थप २ हजार ४२८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं, बिहिवार थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई २५२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७६ हजार ३४५ रहेको छ । हाल देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको