November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

प्रेममा धोका दिएको भन्दै मुख्यमन्त्री राई भेट्न थापाथली पुगेकी खड्का पक्राउ

काठमाडौं, आफूलाई प्रेममा धोका दिएको आरोप लगाउँदै मुख्यमन्त्री शेरधन राईलाई पार्टी कार्यालय पुगेकी बालिका खड्का पक्राउ परेकी छन् । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले खड्कालाई पक्राउ गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताएका छन् ।

हाल उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । आज पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

शीर्ष समाचार

धेरै पढिएको