November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित 

काठमाडौं, काठमाडौं उपत्यकामा आज थप १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै देशभर २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको