April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

‘तपाईंको मास्क खै’ अभियान शुरु

गुल्मी, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गुल्मीमा ‘तपाईंको मास्क खै’ अभियान शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार बुधबार बजारमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासनको अगुवाइमा सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्डसहित कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको