December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं, सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ । यसअघि पनि उक्त मुद्दा पटक-पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको