December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

सर्वोच्चका न्यायाधीश चुँडाल र सुवेदीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएक थिए ।

शीर्ष समाचार

धेरै पढिएको