December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

माओवादी बैठक: ओली नेतृत्‍वको सरकारलाई हटाएर लोकतन्त्रको पक्षमा सरकार बनाउने

file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्थ गर्नु वा नयाँ सरकार निर्माण गर्नु भनेको सरकार फेर्नुबाहेक अरु उपलब्धि नभएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिदै प्रवक्ता श्रेष्ठले सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे प्रश्नमा सो बताएका हुन् ।

उनले देशमा लामो संघर्षपछि प्राप्त व्यवस्था एवम् उपलब्धिको प्रतिनिधित्व वर्तमान ओली सरकारले गरेको बताए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले केपी ओली नेतृत्‍वको सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेको भन्दै बाह्य हस्तक्षेप आमन्त्रण गरिरहेकोले यो प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षको सरकार बनाउने छलफल घनिभूत पार्ने पनि निष्कर्ष निकालिएको छ । थप एजेन्डामाथि भोलि १ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको