November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किदा २४ भन्दा बढी घाइते

कपिलवस्तु, पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक सवारी दुर्घटना हुँदा २४ भन्दा बढी घाइते भएका छन् ।

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको मालबाहक ट्रक मंगलवार विहान साढे १० बजे आपसमा ठोक्किएको हो ।

उक्त घटनामा दुबै सवारी साधनका सवारी चालकको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइएको छ । स्थानीय रुटमा चल्ने बस भएको कारणले दुर्घटनामा घाईते हुने बढी स्थानीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताएका छन् ।

इलाका प्रहरी कार्यलय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरका अनुसार बसको क्याबिनमा बसेका र दुबै चालकको सहित ६ जनाको अवस्था गम्भिर रहेको छ ।

केही घाइतेको हात खुट्टा भाचिएको र ४ जना सामान्य चोट लागेको बताईएको छ । सामान्य चोट रहेकालाई स्थानीय बुद्धपोली क्लिनिक र अन्यलाई उपचारका बुटवलतर्फ लगिएको बताईएको छ ।

शीर्ष समाचार

धेरै पढिएको