December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

गुल्मीमा कारागारभित्र कार्यालय सहयोगी मृत फेला

गुल्मी, जिल्ला कारागार गुल्मीमा आज बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो ।

शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको उनले बताएका छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्यालय सहयोगी पाण्डेले यसअघि पनि पटक-पटक बिष सेवन गरी आत्महत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको