December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

बालुवाटारमा प्रधानमन्त्री ओलीले गरे राम- सीताको विधिवत् मूर्ति पूजा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले आज राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई पूजा गरेका छन् ।

चितवनको अयोध्यापुरीमा लगेर राखिने उक्त मूर्तिलाई मंगलबार बालुवाटारमा विधिवत् रूपमा पूजा गरी पठाइएको हो । 

प्रधानमन्त्री निवासमा रथ यात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।

यस्तै प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहबीच प्रतिमा सहितको रथ यात्रालाई विदाई गरेकी हुन् ।

मूर्ति लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ भने भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मूर्ति​हरु राख्ने कार्यक्रम रहेको छ । 

शीर्ष समाचार

धेरै पढिएको