March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप १ हजार २२७ जनामा कोरोना संक्रमण, २५५ जना डिस्चार्ज

काठमाडौं, सोमबार नेपालमा थप १ हजार २२७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना निको भई २५५ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार २ सय ५४ छन् भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् ।