December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

एमसीसीविरुद्ध माइतीघर मण्डलमा विरोध प्रदर्शन

काठमाडौं, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

सोमबार नेकपा माओवादी केन्द्रलगायतका विभिन्न विभिन्न २२ राजनीतिक संगठनले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी सहभागीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका छन् । यस्तै प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गनुपर्नेजस्ता नारा लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको