December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

सभामुखलाई नै थाहा नदिइ हिउँदे अधिवेशन अन्त्य

file photo

काठमाडौं, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई कुनै पनि जानकारी नदिइ प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गराएका छन् ।

प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन् । संसद् बैठक मंगलबार बस्ने तय गरिएको थियो ।

सभामुख सापकोटाले यसबारे आफूलाई कुनै जानकारी नआएको बताएका छन् । संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ । 

यस्तै पछिल्लो समय प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच टकराव बढ्दै गएको छ । शनिबार बसेको सर्वदलीय बैठकमासमेत प्रधानमन्त्री ओलीले सभामुखप्रति निकै असन्तुष्टि जनाएका थिए । ओलीले सभामुखकै कारण अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन हुन नसकेको गम्भीर आरोपसमेत लगाए ।

शीर्ष समाचार

धेरै पढिएको