December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

धरहराको पुनःनिर्माण कार्य सम्पन्न

काठमाडौं, विसं २०७२ को शक्तिशाली भूकम्पबाट पुर्ण रुपमा क्षति पुगेको ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । हाल धमाधम रङ्ग लगाउने काम भइरहेको छ । उक्त धरहराको यहीँ वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सकिने छ भने वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको छ ।

भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला भने हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ ।

भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको