April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । 

कांग्रेस प्रदेशसभा प्रमुख सचेतक ​फखरुदिन खानका अनुसार ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

यस्तै लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।

शीर्ष समाचार

धेरै पढिएको