December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

एमालेको आज बस्ने दसौँ आयोजक कमिटीको बैठकमा नेपाल पक्ष सहभागी नहुने


काठमाडौं, नेकपा एमालेको दसौँ आयोजक कमिटीको पहिलो बैठक बस्दै छ । केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार उक्त बैठक सोमबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेस, नेताहरुको कार्यविभाजन, संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावमाथि छलफल हुने उनले बताए ।

यस्तै आजको बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । नेता बेदुराम भुसालले आफूहरु बैठकमा सहभागी नहुने बताएका छन् । उनका अनुसार महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको