December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यस्तै सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ भने अबको केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वन गर्नुपर्ने हुन्छ ।

शीर्ष समाचार

धेरै पढिएको