December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

पार्टी विवाद निरुपण गर्न माग गर्दै पुनः निर्वाचन आयोग पुगे खनाल-नेपाल पक्ष


काठमाडौं, पार्टी विवाद निरुपण गर्न माग गर्दै नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन: निर्वाचन आयोग पुगेको छ । आइतबार नेता डा. बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।

उक्त पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भएको डा. भुषालले बताए । उनका अनुसार महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने, महाधिवेशन आयोजक कमिटि बनाउने र केन्द्रीय कमिटि विस्तार लगायतका कुरा भएका सबै अवैधानिक भएको भन्दै पुनः आयोगलाई जानकारी गराउन आयोग पुगेको हो ।

यस्तै पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । सो पक्षले आयोगमा बुझाएको पत्रको दर्ता नम्बर १२०८ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको