December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

बैठकको एजेन्डामा सहमति हुन नसकेपछि कांग्रेसको कार्यसमिति बैठक स्थगित 

काठमाडौं, नेपाली कांग्रेसले आज बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएकाे छ ।  बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएकाे हाे ।

आइतबार दिउँसो २ बजेका  लागि तय गरिएको बैठक साेमबार अपरान्ह ४ बजेका लागि बाेलाइएकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले बताएका छन् ।

उनका अनुसार केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ नेताहरूबीच अनौपचारिक बैठक भने भइरहेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको