December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, २६२ जना डिस्चार्ज

काठमाडौं, नेपालमा पछिल्लो केहि दिनयता कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । गत २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा धेरै ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना निको भई २६२ जना डिस्चार्ज भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको