December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

कोरोना हटस्पट बन्दै गएपछि बाँकेका सबै विद्यालय एक सातासम्म बन्द

काठमाडौं, बाँकेमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएसँगै धेरै शिक्षक र विद्यार्थिहरुमासमेत संक्रमण देखिएको छ । कोरोना जोखिम ध्यानमा राख्दै आइतबारबाट एकसाताका लागि जिल्लाका सबै विद्यालय बन्द गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके जिल्ला कोरोना हटस्पट बन्दै गएको र कतिपय शिक्षक तथा विद्यार्थिलाईसमेत संक्रमण पुष्टि भएपछि आइतबारदेखि जिल्लाका सबै विद्यालय एकसातासम्म बन्द गराईएको हो ।

केन्द्रका अनुसार विशेष गरि नेपालगञ्ज, डुडुवा, कोहलपुर र खजुराका शिक्षक र विद्यार्थिमा समेत संक्रमण देखिएपछि अवस्था भयावह हुनसक्ने आकलन गर्दै हाललाई एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको