April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको आज मृत्यु भएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीक अनुसार आफ्नो घर नजिक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेको र उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको