May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सर्वदलीय बैठक आज बस्दै

  • 9
    Shares

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले शनिबार सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिएका छन् ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफैँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका थिए । त्यस्तै, ओलीले अन्य नेतालाई पनि आफैंले फोन गरेर सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको