November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

ओखलढुंगामा चट्याङ्ग लागेर दुई घरमा आगलागी

ओखलढुंगा, ओखलढुंगाको लिखु गाँउपालिका ८ स्थित मजुवा भञ्जयाङ्गमा गय राती चट्याङ्ग लागेर २ वटा घरमा आगलागी भएको छ । लिखु गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर पौडेलको घरबाट सुरु भएको आगलागीले संगै रहेको बिशाल कुमार पौडेलको घरसमेत जलेको छ ।

राती १ बजे चट्याङ्ग लागेर बिजुलि सट भएर लागेको आगो बिहान ४ बजेसम्म पनी नियन्त्रणमा आउन सकेको थिएन । स्थानीयका अनुसार गाउँपालिकामा दमकल अभावका कारण सिंगो गाउँका मान्छेले स्याउला, पानी, र माटोको साहारामा आगो नियन्त्रणमा लिन ४ घण्टा भन्दा बढी समय लागेको थियो ।

आगलागी बाट खाद्ययन लत्ता कपडा लगायत सामग्री जलेर लाखौको क्षती भएको छ भने मानविय क्षती नभएको स्थानीयले बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको