May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कर्णाली प्रदेश सरकारले आज विश्वासतको मत लिँदै

  • 4
    Shares

सुर्खेत,कर्णाली प्रदेश सरकारले आज विश्वासतको मत लिँदै छ । शुक्रवार दिउँसो दुई बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसुचि राखिएको हो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनादेखि कर्णाली प्रदेश सरकार अल्पमतमा छ ।

एमालेले गत चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी भएका एमालेका तीन जना मन्त्रीहरुले समेत राजीनामा दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको