May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

थप ५३४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

  • 11
    Shares

काठमाडौं, बिहिवार नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

हाल नेपालभर ६८ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो । हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको