ओली वाम गठबन्धनको सरकार बनाउनु सट्टा ठाकुरलाई गुहार्न पुगे: नेता भुसाल
काठमाडौं, नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनलाई बाटो खोलीदिनुको सट्टा जनता समाजवादी पार्टी जसपा) का अध्यक्ष महन्थ ठाकुरजीलाई गुहार्न पुगेको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले
कुर्सीको मोह त्यागे अझै पनि वाम गठबन्धनको सरकार बन्न सक्ने आधार रहेको बताएका हुन् ।
उनले भने,।‘हामी वाम गठबन्धनकै सरकारको पक्षमा छौं । तर, ओलीजीले आफ्नै पार्टी बन्धक बनाएर विभाजनको बाटोमा लग्नु भयो । वाम गठबन्धनलाई बाटो खोलीदिने सट्टा महन्थ ठाकुरजीहरुलाई गुहार्न जानुभएको छ । ओलीजी वाम गठबन्धनकै विरोधी हो ।’
यस्तै उनले ओलीको अहंकार र सत्तामोह हटाएर पाटी एकढिक्का पार्ने बताएका छन् । चुनावअघि नै पाटीभित्रको विवाद टुंगाएर पार्टी एकीकृत गर्ने उनको दाबी छ ।
‘ओलीजीले अहंकार हटाउने हो भने पार्टीमा धेरै समस्या छैन । विवाद हुन्न,’ उनले भने, ‘तर, ओलीजीका अहंकारका अगाडि पार्टीको इतिहास, गौरव, इज्जत र प्रतिष्ठा आत्मसर्मपण हुन दिँदैनौं । पार्टीभित्रै अन्तरसंघर्ष गर्छौं ।’
प्रतिकृया दिनुहोस्